अर्थतन्त्र सुधार गरेरै छाड्ने महतकाे दाबि

काठमाण्डाैँ,

नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने बताएका छन् ।

शुक्रबार पद तथा गोपनीयताको शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले अर्थतन्त्रलाई चलायमान गर्नको लागि आफू सक्रिय रुपमा लाग्ने बताए ।उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ अर्थतन्त्रलाई सुधारको बाटोमा लैजानुपर्ने बताए।

उनले भने‘आर्थिक दृष्टिकोणले हामी निकै कमजोर अवस्थामा भएकाे , मुलुकको अर्थतन्त्र सुस्त छ। मुलुकलाई आर्थिक मन्दीमा जानबाट जोगाउनु छ । राजस्व संकलन हुन सकिरहेको छैन भने नियमित खर्च समेत धान्न मुस्किल परिरहेको अवस्था छ । यसलाई मध्यनजर गर्दै सरकार सर्वप्रथम राजस्व वृद्धिमा केन्द्रित हुनुपर्ने आवश्यकता छ।’

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like