काठमाण्डाैँ,
अमेरिकाका विभिन्न स्थानमा शक्तिशाली टोर्नाडोका कारण शुक्रबार र शनिबार गरेर २२ जनाको मृत्यु भएको छ ।
टेनिसीमा सात, अर्कान्ससमा पाँच, इलिनोइमा चार तथा इन्डियाना, अलाबामा र मिस्सिसिपीमा गरेर शुक्रबार र शनिबार गरी दुइ दिनमा शक्तिशाली टाेर्नाडाेका कारण २२ जनाको मृत्यु भएकाे सीएनएनले जानकारी दिएका छन्।
अमेरिकाका सात राज्यहरुमा शनिबार ५० वटा टोर्नाडोले आतंक मच्चाएको बताइएको छ । अर्कान्ससमा मात्र टोर्नाडोले घरहरु उडाउँदा ५० जना घाइते भएका थिए ।यस्तै शक्तिशाली आँधीका कारण लाखाैँ मानिसहरू विहिन भएकाे अमेरिकी अधिकारीहरू जानकारी दिए।
पछिल्लो समयमा पनि अमेरिकाको दक्षिणपूर्वी राज्यहरुमा टोर्नाडोकै कारण २६ जनाले ज्यान गुमाएका थिए ।