कामना सेवा विकास बैंकले सेयरधनीलाई लाभांश वितरण गर्ने

काठमाण्डाैँ,

कामना विकास बैंकले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएकाे छ।

१६ चैत बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई कामना सेवा विकास बैंकले ४.६४ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ।

बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी ३ अर्ब १४ करोड २५ लाख ७७ हजार रुपैयाँको ४.४१ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाको लागि ०.२३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा बैंककाे प्रस्तावित लाभांश वितरण हुने छ।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like