दाेहाेराे अंकले घट्याे शेयर बजार

काठमाण्डाैँ,

आइतबार सेयर बजार दोहोराे अंकले ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक २० अंकले घटेर १८८८ को बिन्दुमा झरेको छ ।

संकटग्रस्त अर्थतन्त्रकाे समस्या समाधान गर्नेगरी अर्थमन्त्री जिम्मा कांग्रेस नेता डा. प्रकाशशरण महतले पाएपनि त्यसलाई अर्थतन्त्रको ऐना मानिने सेयर बजार भने गिरावट भएको छ । अर्थ मन्त्रालयको जिम्मेवारी अर्थतन्त्रका जानकार समेत रहेका कांग्रेस नेता डा. महतले पाएपछिको पहिलो कारोबार दिन नै सेयर बजार परिसूचक नेप्सेमा १.०५ प्रतिशतको गिरावट भएको छ ।

अघिल्लो दिन बिहीबार मात्रै १०.८७ अंकले घटेको बजारमा आज ३७ लाख ८७ हजार २ सय ४१ कित्ता सेयरको खरिदबिक्री हुँदा १ अर्ब २० करोड ७१ लाख २२ हजार ६ सय रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारका आधारमा आज सर्वाधिक नाफा कमाउनेमा कालिन्चोक दर्शन, सिटिजन म्युचुअल फण्ड र जीवन विकास लघुवित्त रहेका छन् ।

सर्वाधिक गुमाउनेमा भने स्वाभिमान लघुवित्त ८.६ प्रभु डिबेन्चर, कालिका लघुवित्त र विजय लघुवित्त वित्तीय संस्था रहेका छन् ।

 

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like