बारामा ट्याम्पाे दुर्घटना हुँदा एककाे मृत्यु र ५ जना घाइते

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

१९ चैत आइतबार बारामा ट्याम्पो दुर्घटना हुदाँ एककाे मृत्यु र ५ जना घाइते भएका छन्। दुर्घटना हुँदा तिन वर्षिय बालिकाकाे मृत्यु भएकाे हाे।

स १ ह ७०८ नम्बरको ट्याम्पो भारतको रक्सौलबाट बाराको कलैया तिर जाँदै गर्दा वीरगन्ज कलैया सडकखण्ड अन्तर्गत बाराको फेटा गाउँपालिका-१ भलुही बजारको चोकमा दुर्घटना भएकाे हाे। ट्याम्पाेमा ६ जना सवार रहेका थिए।

दुर्घटनामा भारत बिहारको रक्सौलकी तीन वर्षकी बालिका परि कुमारीको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए। दुर्घटनामा परी घाइते भएकालाइ एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको