काठमाण्डाैँ,
बैतडीमा जीप दुर्घटनामा परी एकजनाको घटनास्थलमै मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका ५ को तिलकपुरस्थित भिटा भन्ने स्थानमा सोमबार बिहान ११ बजेति गणमेश्वरबाट देहिमाण्डौंतर्फ गइरहेको से १ ज २९५ नं को जीप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका वडा नं ५ मसिना बस्ने ५५ वर्षिय महादेव भट्टकाे घटनास्थलमै मृत्यु भएकाे हाे।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार १२ जना जिपमा सवार रहेका थिए।जिपकाे ब्रेक फेल भइ दुर्घटना भएकाे अनुसन्धानबाट खुलेकाे प्रहरीले जनाएकाे छ।जिप सडकबाट करिब ७० मिटर तल खसेकाे हाे।
उनीहरुको उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।