चैत २६ गतेदेखि थप ४ शाखा कार्यालय स्थानान्तरण गर्दै: नबिल बैंक लिमिटेड

काठमाण्डाैँ,

नबिल बैंक लिमिटेडले आफ्ना थप ४ वटा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले यहि चैत २६ गतेदेखि संचालन हुनेगरी चार शाखा स्थानान्तरण गर्न लागेको हो ।

बैंकले जोरपाटी–२, कालीमाटी, किर्तिपुर–२ र वीरगंज–२ को शाखा कार्यालयहरु सार्न लागेको हो । बैंकले काठमाडौं जिल्ला, गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा रहेको शाखा कार्यालय काठमाडौं महानगरपालिका–६ रामहिटीमा, कालिमाटीमा रहेको शाखा चन्द्रागिरी नगरपालिका–१४ नैकापमा, किर्तिपुर नगरपालिका–१ त्याङलाफाटमा रहेको शाखा बल्खु, टेकासी (दक्षिणकाली मार्ग टि.यु. गेट नजिकै) स्थानान्तरण गर्न लागेको हो ।

त्यस्तै, नबिल बैंकले वीरगंज महानगरपालिका–४ अलखिया रोडमा रहेको शाखा वीरगंज महानगरपालिका–८ वीरगंज बाइपासमा स्थानान्तरण गर्न लागेको हो

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like