रवि लामिछानेविरूद्ध मुद्धाकाे आज सुनुवाइ हुँदै

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

चैत २१ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज मङ्गलबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा सभापति लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ आजकाे लागी ताेकिएकाे हाे।

अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा लामिछानेविरुद्धको सोमबार सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ आइतबार सर्वोच्च अदालत पुगेका थिए । मुख्य रजिस्ट्रारले रिट अध्ययन गरेपछि सोमबार दर्ता भएको थियो । सोही रिटमा आज सुनुवाइ हुन लागेको हो ।

राहदानी दुरुप्रयाेगकाे मुद्दा चल्नुपर्ने मागसहित सोमबार युवराज पौडेल ‘सफल’ले सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो।यस्तै उनले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध महान्यायाधिवक्ता कार्यालयका साथै जिल्ला प्रहरी परिसर काठमाडौं, अध्यागमन विभाग, प्रहरी प्रधान कार्यालय, रवि लामिछाने समेत आठ व्यक्ति तथा निकायलाई विपक्षी बनाउनुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको