काठमाण्डाैँ,
चैत २१, साताकाे तेस्रो दिन सुनचाँदीको मूल्य बढेको छ । आज मङगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेकाे छ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार छापावला सुनको मूल्य १ लाख ९ हजार रुपैयाँमा र तेजावी सुनको मूल्य १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।हिजो सोमबार छापावला सुनको मूल्य १ लाख ८ हजार रुपैयाँमा र तेजावी सुनको मूल्य १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएकाे थियो ।
आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर १ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ हजार ३९० सय रुपैयाँमा कारोबार भएको थियो ।