५.२० अंकले घट्याे सेयर बजार

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

लगातार तेस्राे दिन (मङगलबार) पनि सेयर बजार घटेकाे छ।  ५.२० अंकले घटेकाे सेयर बजार १८६६ ६८ विन्दुमा झरेका छ।कारोबार रकम समेत १ अर्ब भन्दा कममा समेटिएको छ ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७३ अङ्कले घटेर ३५१.९७ विन्दुमा पुगेको छ । यसअघि सोमबारको कारोबारमा नेप्से परिसूचक १६.६७ अंकले घटेको थियो  ।

मंगलबार २६४ धितोपत्रको २३ हजार १७० वटा कारोबारबाट २९ लाख ७१ हजार ९४७ कित्ता सेयर किनबेच भएको छ । मंगलबार ९१ करोड ७६ लाख १० हजार २९६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैंकिङ, इन्भेष्टमेन्ट, जीवन बीमा, उत्पादन तथा लागत निर्जीवन बीमा र अन्य सवइन्डेक्सको मूल्य घटेको छ । कालिञ्चोक दर्शन प्रालिको मूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेर २५७.८० रुपैयाँ पुगेको छ। सानिमा ग्रोथ फण्डको मूल्य ८.९३ प्रतिशतले बढेको छ । प्रभु बैंक डिभेन्चरको मूल्य सबैभन्दा धेरै ९.२९ प्रतिशतले घटेको छ। एनआइसि एशिया बैंक दोस्रो स्थानमा छ। उक्त बैंकले ३ करोड २८ लाख रुपैयाँभन्दा बढिको कारोबार भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको