काठमाण्डाैँ,
डोटी जिल्लाको एक घरभित्र चितुवा पसेको छ। सायल गाउँपालिका–५ पटकानी टोलको देवबहादुर बोगटीको घरमा चितुवा पसेको हो। चितुवा घरभित्रै पसेपछि स्थानिय त्रसित बनेका छन्।
चितुवालाइ नियन्त्रणमा लिन डिभिजन वन कार्यलय डाेटीकाे टाेली पुगेकाे छ। यस्तै चितुवा गाउँमा प्रवेश गरे साथै घर भित्र पसेपछि गाउँलेहरू डर र त्रासले भागाभाग भएकाे हाे। तर अहिलेसम्म चितुवाले कुनै मानविय क्षति नगरेकाे स्थानियले बताएका छन्।