विधार्थी बाेक्ने बस चालकमाथि कुटपिट गर्ने पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

ख्वप कलेज देकोचा भक्तपुरको विद्यार्थी बोक्ने बस चालकमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् । भक्तपुर प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले कुटपिट गर्नलाई अपरान्ह ३ बजे पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए ।

वृत्त जगातीका प्रहरी हवल्दार सुदन खतिवडाको टोलीले कार चालक भक्तपुर सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाडा बस्ने वर्ष ३८ को वाला तामाङलाई कारसहित नियन्त्रणमा लिएको एसपी केसीले जनाए । हाल उनलाई वृत्त जगातीमा राखिएको छ।

भक्तपुरको सूर्यविनायक नगरपालिका- ८ गणेश मन्दिर नजिक गुण्डुबाट गणेश मन्दिरतर्फ आउँदै गरेको बा ३ ख ५०५२ नं को ख्वप कलेजको विद्यार्थी बोक्ने बसको चालकमाथि यसअघि बिहान साढे १० बजे कुटपिट भएको थियो ।

काभ्रे नमोबुद्ध नगरपालिका ५ घर भई हाल भक्तपुर जगाती बस्ने वर्ष २५ को कलेजका बस चालक राजु लामालाई विपरित दिशातर्फ जादै गरेको बा ५ ख ५४७३ नं को कारमा सवार ४/५ जना पुरुष व्यक्तिहरूले गालीगलौज गरी स्ट्रेरिङमै कुटपिट गरी उनीहरूले चालकलाई मार्नेसमेत धाकधम्की दिएकाे भक्तपुर प्रहरी परिसरले जनाएको छ।

उक्त कार र सवार व्यक्तिहरू कुटपिटपछि गुण्डुतर्फ फरार भएका थिए । कुटपिटबाट निज बस चालकको घाटीमा भित्री चोट लागेको जनाइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको