बालिकामाथी सामुहिक बलात्कार गर्ने दुई जना पक्राउ

काठमाण्डाूँ,

प्रहरीले बलात्कारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोक घर भएका २१ वर्षीय आशिष तामाङ र काभ्रेपलाञ्चोक घर भएका २१ वर्षीया कुशल श्रेष्ठलाई पक्राउ गरेको हो।

तामाङले फेक फेसबुक आइडी बनाएर पीडितलाई साथी बनाएका थिए। च्याटका क्रममा ललाइफकाइ पीडित बालिकालाई उनीहरूले भेट्न आग्रह गरेका थिए। उनीहरूले टोखा नगरपालिका-३ ग्राण्डी अस्पताल नजिकै रहेको गेष्ट हाउसमा लगेर जबरजस्ती बलात्कार गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

यस्तै घटनापछि फरार भएका उक्त दुई युवकलाई  काठमाडाैंकाे धापासीबाट पक्राउ गरेकाे प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिएका छन्। थप अनुसन्धान र कारबाहीका लागी पक्राउ परेका दुइ जनालाइ प्रहरी वृत महाराजगञ्ज पठाइएकाे उनले बताए।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like