चितवन भरतपुर,
राष्ट्र राष्टियता धर्म, संस्कृति र नागरिक बचाउ महा अभियानका संयाेजक दुर्गा प्रसाईकाे प्रमुख आतिथ्यतामा नवलपुर कावासाेति मा वृहत आम सभा हुने भएकाे छ।
नवलपुर को रजहरमा आज बसेकाे जिल्ला स्थरीय भेलाले उक्त आम सभा तयारीकाे संयाेजकत्वमा स्थानिय उद्धमी प्रदिप बस्नेतकाे नेतृत्वमा ९ सदस्यीय कार्यसम्पादन समिति र १०१ सदस्यीय मुल समिति गठन गर्दै आउदाे बैशाख ९ गते कावासाेती बजारमा आम भेला गर्ने निर्णय गरेकाे छ।
याे बिदेशी व्यवस्था ,५५ जना मारवाडी ,१० जना नेताकाे कब्जामा रहेकाे अर्थतन्त्र र तिनैकाे कब्जामा रहेकाे बैंक तथा वित्तिय क्षेत्रकाे अराजक्ता विरूद्ध फागुन १ गतेबाट सुरू भएकाे महा अभियान नवलपुर आइपुगेकाे हाे।
उक्त कार्यक्रममा चितवन बाट अभियान का अभियन्ता मेघराज पौडेलले सहजिकरण गर्नु का साथै कार्यक्रम को सन्चालन अभियन्ता लिला सापकोटा ले गर्नुभएको थियो ।