काठमाण्डाैँ,
बागलुङमा टयाक्टर दुर्घटनामा एक युवककाे मृत्यु भएकाे हाे। मृत्यु हुने पूर्वी न’roundासी घर भइ मनेवा मामाघर २३ वर्षीय दिपेश सलामीकाे गलकाेट नगरपालिका ११ रिघा मनेवामा ट्रयाक्टरले किचेर ज्यान गएकाे हाे।
बडिगाड गाउँपालिका– २ खर्बाङ बजारबाट गलकोट नगरपालिका– ३ हटियाबजार आउँदै गरेको ध.१त ६०९ नम्बरको ट्र्याक्टर मध्यपहाडी लोकमार्गबाट खस्दा च्यापिएर सलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए।
ट्र्याक्टर लोकमार्गदेखि १५ मिटर तल होमबहादुर सिँजालीको घरमाथि खसेको थियो। घरमाथि खसेको ट्र्याक्टरले च्यापिँदा सलामी घाइते भएको हाे।यस्तै उनकाे उद्धार गर्ने क्रममा मृत्यु भएकाे हाे।
ट्र्याक्टरचालक गलकोट नगरपालिका– ९ मा बस्दै आएका २३ वर्षीय डिक्सन पुनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।