काठमाण्डाैँ,
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले माओवादी केन्द्रकाे केन्द्रीय सहकारी तथा गरिबि निवारण विभागकाे कार्यक्रमलाई सम्बाेधन गर्दै जनतालाई राहत दिलाउनका लागी सरकारले आगामी बजेटमा व्यवस्था गर्ने दाबी गरेका छन्।यस्तै उनले जनताले फरक अनुभूति गर्न नसके अहिलेसम्मका सम्पूर्ण परिवर्तन धरापमा पर्न सक्ने उनको भनाई छ ।
उनले अबको दुई दिनभित्र सरकारले पूर्णता पाउने दाबी गरे । उनले अब सरकारको ध्यान पूर्णरुपमा सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुने जानकारी दिए ।
उनले अबको बजेटमा गुणात्मक रुपमा र जनताले केही राहत पाउनेगरी बजेट निर्माण गर्ने प्रतिबद्धतासमेत जनाए ।प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा जनतामा आशा जगाउने अधिकतम कामको प्रयास गर्ने उल्लेख गरे ।