सिक्किमकाे हिमपहिराेमा ज्यान गुमाउने ७ जना

काठमाण्डाैँ,

भारतको सिक्किममा मंगलबार गएको हिम पहिरोमा परेर तीन जना नेपाली नागरिकको मृत्यु भएको छ । उक्त पहिरोमा सात जनाको निधन भएको छ । हिमपहिरोमा परेर ज्यान गुमाएका सातमध्ये तीन जना नेपाली नागरिक रहेको खुलेको छ ।

सिक्किमको नाथुला पास नजिकै छाङ्गुमा मंगलबार हिमपहिरो गएको घटनास्थलमा बुधबार पनि उद्धार कार्य जारी छ । हिजो गान्तोकबाट नाथुला पास जाने जवाहरलाल नेहरु राजमार्गको छाङ्गुमा मध्याह्न सवा १२ बजे हिमपहिरो गए लगत्तै प्रारम्भ गरिएको उद्धार कार्य खराब मौसमका कारण साँझ ६ बजेसम्म मात्रै गरिएको थियो भने आज बिहान ८ बजेदेखि पुनः उद्धार कार्य थालिएको छ ।

हिमपहिरोमा परेर नेपालका तीन, भारतको उत्तर प्रदेशका दुई जना तथा पश्चिम बंगालका दुई जनाको ज्यान गएको छ। गान्तोक जिल्ला कलेक्टरले जारी गरेको सूचिअनुसार ज्यान गुमाउनेमा नेपालको चितवन जिल्लाका शिवप्रसाद लामिछाने, २२ वर्षीया आशिका ढकाल तथा रुपन्देहीकी २९ वर्षीया मुना शाह श्रेष्ठ रहेका छन् ।

ज्यान गुमाउनेहरुमा उत्तर प्रदेशका ३२ वर्षका बल सिंह र ६ वर्षकी रेव्या सिंह, पश्चिम बंगालका २८ वर्षका सौरभ रोय चौधरी र ३८ वर्षका प्रितम मतिए छन् ।

हिमपहिरोमा घाइते भएका १३ जनामध्ये सात जनालाई गान्तोकको एसटीएनएम अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ भने ६ जनाको उपचार जारी छ ।

हिमपहिरोमा ज्यान गुमाएकाको शवलाई उनीहरुको घरसम्म राज्य सरकारले पुर्‍याउने निर्णय गरेको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले मंगलबार साँझ एसटीएनएम अस्पतालमा घाइतेहरुसँग भेट गरी उनिहरुको सबै उपचार खर्च राज्य सरकारले वहन गर्ने र मृतकहरुको शव पनि राज्य सरकारले उनीहरुको घरसम्म पुर्‍याउने बताएका छन् ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like