राैतहटमा परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ

काठमाण्डाैँ,

चैत २२ गते। माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत बुधबार नेमधारी वासुदेव माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । राजदेवी नगरपालिकाको मुडबलवास्थित उक्त परीक्षा केन्द्रमा अरुको परीक्षा दिइरहेका ईशनाथ नगरपालिका वडा नम्वर १ बन्जरहाका विष्णुबहादुर मालीलाई पक्राउ गरिएको हो  ।

नेमधारी वासुदेव माध्यमिक विद्यालय मुडवलवामा सिम्बोल नम्बर ०२५००२५७ जि नुरेंन खानको सट्टामा मालीले परीक्षा दिइरहेको अवस्थामा परीक्षा अनुगमन समितिले समातेर प्रहरीको जिम्मा लगाएको जिल्ला शिक्षा समन्वय इकाई कार्यालय रौतहटले जनाएको छ।

परीक्षार्थीकाे साे विषयकाे परीक्षा रद्ध गरी प्रहरीले विष्णुबहादुर मालीलाइ आवश्यक कारवाही अघि बढाएकाे जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख रामविनाेद सिंहले जानकारी दिएका छन्।

 

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like