काठमाण्डाैँ,
स्रोत नखुलेको ५ लाख भारतीय रुपैयाँ र ५ लाख नेपालीसहित ३ जना पक्राउ परेका छन् । सर्लाहीको कविलासी नगरपालिका–८ बाट सशस्त्र प्रहरीले स्रोत १० लाख नगदसहित ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हरिवन नगरपालिका–११ बस्ने ४५ वर्षीय गान्धि साह सोनार, रुपन्देही घर भएका ३५ वर्षीय राजेश बनियाँ र भारतीय नागरिक १९ वर्षीय अनिल शाह रहेका छन् ।
मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको प्रदेश नं. २–०३–०१५ प ५९६९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सो नगद भेटिएको थियो।आरोपीहरुको साथबाट भारतीय रुपैयाँ ५ सय दरको ९ सय ९६ वटा, २ हजार दरको एउटा र नेपाली रुपैयाँ ५० दरको ३२ वटा १ सय दरको ४ सय ८४ वटा, ५ सय दरको ३ सय वटा र १ हजार दरको ३ सय वटा बरामद गरिएको छ।
यस्तै आवश्यक कारवाहीकाे लागी उनिहरूलाइ राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको डिएसपी थापाले बताए ।