३३ हजार अमेरिकी डलरसहित विमानस्थलबाट ११ जना पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

प्रहरीले ३३ हजार अमेरिकी डलरसहित ११ जना नेपालीलाइ पक्राउ गरेकाे छ। उनीहरूलाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बुधबार साँझ सुरक्षा जाँचका क्रममा प्रहरीले ३३ हजार अमेरिकी डलरसहित पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेमा बागलुङका चन्द्रकान्त चालिसे,बुद्धवीर वाग्ले र पृथलाल घर्ती, काभ्रेका अर्जुनकुमार श्रेष्ठ, म्याग्दीका नरबहादुर गरबुजा र दिलकुमार पुन, रौतहटका लक्ष्मीप्रसाद चिमोरिया, नुवाकोटका टेकारे तामाङ र रामभक्त थापा, धनकुटाका मरिचमान लिम्बू र  सोलुखु्म्बुका दोर्जी तामाङ रहेका  छन्।

उनीहरू फ्लाइट दुबईको ५७६ नम्बरको उडानबाट दुबई जान लागेका थिए। उनीहरूको पासपोर्टमा डलरको विवरण उल्लेख थिएन। उनीहरू दुबईलाई ट्रान्जिट बनाइ रोमानिया र क्रोएसिया जान लागेका थिए।

विमानस्थलका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) लालमणि आचार्यले उनीहरूसँग भएको डलरको विवरण बैंकिङ च्यानलमा थिएन र उनीहरूको यात्रा संकास्पद देखिएकाले पक्राउ गरेको बताए।थप जानकारीका लागी अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *