काठमाण्डाैँ,
सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएकाे टाेलीले नगद ४० हजार ७५ रूपैँया र माेबाइल सातथानसहित आठजनालाइ पक्राउ गरेकाे हाे।
प्रहरीले विरेन्द्रनगर नगरपालिका ९ स्थित ४२ वर्षीय दावा गुरूङकाे घरमा जुवातास खेलिरहेकाे अवस्थामा बुधबार दिउँसाे गुरूङसहित आठजनालाइ पक्राउ गरेकाे हाे।थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।