काठमाण्डाैँ,
चैत २३ गते । बिहिबार बिहान पुथाउत्तरगङ्गा गाएँपालीका ३ रन्मा गाउँका एकै घरका दुई दिदी बहिनी मृत फेला परेका हुन्।
तारामान बुढाका दुई छाेरी ११ वर्षिय रिना बुढामगर र ९ वर्षीय कालीमाया बुढामगर रहेकाे गाउँपालिकाका अध्यक्ष पुनिराज घर्ती मगरले जानकारी दिनुभयाे। यस्तै दुई दिदी बहिनि बुधबार साँझ सिस्नाे टिप्ने भनी घरबाट निस्किएकाे उनले बताए।
बुधबार साँझ स्थानीयले हराएका दुई बालिकाकाे खाेजी गर्दा बिहिबार रन्मा गाँउकै भिरमा मृत फेला परेकाे हाे। मृत फेला परेपछि स्थानियले प्रहरीलाई खबर गरेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी अञ्जना श्रेष्ठले जानकारी दिनुभयाे।
उक्त घटनाकाे थप अनुसन्धानका लागी हाल प्रहरी घटना स्थलतर्फ जाँदै गरेकाे प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयाे।दुई बालिकाकाे गरगहना लुटपाट गरी लुटेराले हत्या गरेकाे हुनसक्ने आशङ्का गरिएको श्रेष्ठको भनाइ रहेको छ ।