काठमाण्डाैँ,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सांसद भएर कानून उल्लंघन गरेकाले अहिलेको अवस्था आएको नेकपा एमाले चितवन निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रामप्रसाद न्यौपानेले बताएका छन् ।कानुनकाे कुरा गर्ने तर त्यही व्यक्तिले कानुनकाे उल्लंघन गरेकाले जनताले उनको द्वैध चरित्रको मूल्यांकन गरेको बताए ।
उम्मेदवार न्याैपानेले चितवनकाे कालिका नगरमा अगुवा कार्यकर्तालाइ सम्बाेधन गर्दै भने ‘हामीले उपनिवार्चन चाहेका थिएनौं । हाम्राे कारणले उपनिर्वाचन भएको होइन । विजयी सासंदले कानूनको उल्लंघन गरेर आफ्नो पद जोगाउन नसक्दा यो अवस्था आएको हो,।
यस्तै उनले चितवनलाई नयाँ पर्यटकीय गन्तव्य बनाउने र त्यसले आर्थिक विकासमा टेवा पुर्याउने उनले बताए । उनले चितवनको पहाडी क्षेत्रमा गाँजा खेती गरेर भए पनि आर्थिक विकास गर्ने दाबी गरे ।उनले भने ‘यो क्षेत्रको विकासका लागि म अगाडि आएको हुँ । आवश्यक परेको खण्डमा यो क्षेत्रका पहाडी भागमा गाँजा खेती गरेर भए पनि युवाहरूलाई आर्थिक पाटोमा सबल बनाउँछौं,’