बिहिबार शेयर बजार ८ अंकले घट्याे

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

आज बिहिबार भने सेयर बजार ८ अंकले घटेकाे छ।शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव २८ अङ्कले घटेर १ हजार ८ सय ६६ दशमलव ७९ विन्दुमा झरेको छ ।

बैंकिङ ०.५४, निर्जीवन बीमा १.६९ तथा ब्यापार उपसमूह ४ अंक बढे । विकास बैंक ४२, फाइनान्स २२, होटल तथा पर्यटन ९, जलविद्युत् २८, जीवन बीमा १८, उत्पादन १९, माइक्रोफाइनान्स १३ र अन्य उपसमूह १० अंक घटे । कालिन्चोक दर्शनको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो भने सामलिङ पावरको सबैभन्दा धेरै ७.४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक, हिमालयन डिस्टिलरी र एनआईसी एसिया बैंक क्रमश अगाडि रहे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको