एमाले अध्यक्ष केपी ओलीकै सल्लाहमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफूले मेचि पुलमा ल्याएकाे हाे : दुर्गा प्रसाईँ

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

स्वास्थ्य ब्यवसायी तथा नेकपा (एमाले)का पूर्व केन्द्रीय सदस्य दुर्गा प्रसाईँ एमाले अध्यक्ष केपी शर्मा ओलीज्यूकै सल्लाहमा आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मेची पुलमा ल्याएको भनि खुलासा गरेका छन्।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको शूभारम्भ कार्यक्रममा प्रसाईंले पूर्वराजा शाहलाई झापामा लगेर उद्घाटन गरेका थिए।

सो बारे खुलासा गर्दै शर्माले बुधबार झापाको दमकमा आयोजित कार्यक्रममा एमाले अध्यक्षओलीज्यूकै सल्लाहमा आफूले पूर्वराजा शाहलाई मेची पुलमा ल्याएको भनि खुलासा गरेका हुन्।

‘मैले केपी ओलीज्यूकै सल्लाहमा मैले राजा ज्ञानेन्द्रलाई मेची पुलमा ल्याएको हो। आज मैले दमकमा आएर सत्य कुरा गर्नुपर्छ र मेरै फोनबाट पारस सरकारसँग कुरा भएको हो केपी ओली ज्यूको। त्यो पनि मैले सत्य बोल्नैपर्छ। म पनि आउँछु त्यहाँ भन्नुभएको थियो’, उनले भने, ‘म पनि होला भन्ने लागेर राजालाई बोलाइहालेँ। राजा पनि आउने हुनेभयो। सबै गरेपछि अहिले राजा नल्याऊ न नाति भन्नुभयो। मेरो पनि इज्जतको कुरा हो नि। म पनि कुमाई परिवारकै मान्छे हो। आठराईको पानी खाको। अनि फर्किने कुरा भएन। अहिले दमकमा आएर यो दुःखको कुरा भन्नुपरेको छ। मेरा हजुरबुबालाई भन्नुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको