चितवन २ मा दुईजना उमेदवारले उम्मेदवारी फिर्ता लिए

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

यही वैशाख १० गते हुन लागेको उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार मनोनयन गराएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको हो।

बिहीबार उम्मेदवारी फिर्ताको लागि समय दिइएकोमा दुईजना उमेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। अब चितवन-२ मा २२ जना उम्मेदवार हुने भएका छन्। उम्मेदवारी मनोनयनका दिन २४ जनाको उम्मेदवारी परेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। लामिछानेले पनि पुन: उम्मेदवारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको