सरकार कार्यहीन, विचारहीन रहेको आरोप लगाए : रघुजी पन्त

काठमाण्डाैँ,

नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारका सय दिन उपलब्धिहीन रहेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले सय दिनमा सरकारले गरेका कामका ’boutमा पढ्दा कुनै ठोस काम नभएको बताए।

सरकारले गरेको कामको विषयमा पढ्दा त्यस अवधिमा जन्मिएका बालबच्चाका विषयमा उल्लेख नभएको उनले बताए।

उनले सरकार कार्यहीन, विचारहीन रहेको आरोप लगाए। सरकार गठन भएको १०० दिन पुगेछ। गोरखापत्रमा दुई पृष्ठ ढाकिने गरी ३७ बुँदे १०० दिनमा सरकारले गरेको कामको विवरण पढ्दै गयो। ३७ बुँदामा ३८औं बुँदा राख्नुपर्थ्यो त्यो छुट्यो,’ उनले भने, ‘प्रचण्ड प्रधानमन्त्री भएदेखि यता नेपालका अस्पतालमा कति बालबच्चाको जन्म भयो त्यो कुरा उल्लेख भएनछ। कति मिलिलिटर पानी पर्‍यो, कति घाम लाग्यो त्यो विषय पनि उल्लेख भएनछ।’

उपलब्धिमा ठोस कामहरू नभएको पनि उनले बताए। अहिलेसम्म मन्त्रिपरिषद्को बैठकले पूर्णता पाउन नसकेको हुँदा जनता पनि आशावादी नभएको उनको भनाइ थियो।

किसानका समस्याका ’boutमा त्यसलाई समाधान गर्ने विषयमा कुनै चर्चा छैन। न मुलुकको गम्भीर आर्थिक अवस्था’bout कुनै भिजन छ। न त्यसका लागि गरिएको कामको उल्लेख छ। ’cause काम त गरेकै छैन,’ उनले भने, ‘एउटासँग विवाह गर्‍यो, अर्कोसँग पोइला गयो र केही भाइ जम्मा गरेर टिकेको सरकार अहिलेसम्म मन्त्रिपरिषद त बनाउन सकेको छैन त्यस्तोले के गर्ला भनेर जनता त्यसप्रति आशावादी नहुनु स्वभाविक छ।’

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like