गुल्मीकाे मदाने गाउँपालिकामा आगलागीमा परेर एक जनाकाे मृत्यु

काठमाण्डाैँ,

गुल्मीकाे मदाने गाउँपालिकामा आगलागीमा परेर एक जनाकाे मृत्यु भएकाे छ। मदाने गाउँपालिका ६ पुर्कोटदहकाे देउरालीमा गएराति आगलागी हुँदा ८३ वर्षीय ज्ञानबहादुर जीसीको मृत्यु भएको हो ।

गएराति १० बजे पुर्कोटदहको देउरालीमा आगलागी भएर ज्ञानबहादुरकाे निधन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार मृतक घरमा एक्लै बस्ने र २ छोराहरू विदेशमा बस्दै आएका छन्।

आगलागीबाट घर जलेर पूर्ण रुपमा क्षति भएको छ ।प्रहरीले आगलागीको कारण’bout अनुसन्धान भइरहेको जनाएको छ ।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like