आइएमई पे र एम बैंकबीच सम्झौता,सरकारी संस्थालाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्य

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

सहकारी संस्थाहरूलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आइएमई पे र एम बैंकबीच सम्झौता भएको छ।

सम्झौता पत्रमा आईएमई पेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार एम बैंक एपमार्फत ६ सय ५० भन्दा बढी सहकारी संस्थाहरु तथा संस्थाका सदस्यहरुलेआईएमई पे वालेटमा रकम लोड, आईएमई पे बाट सहकारीमा रकम ट्रान्सफर, शेयर खरिदको भुक्तानी, चन्द्रागिरि केबल कारको टिकटदेखि सबै किसिमको युटिलिटी पेमेन्ट भुक्तानी लगायतका अन्य डिजिटल सेवा उपलब्ध हुनेछ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिदै आएको आइएमई पे मा हाल प्रत्यक्ष रूपमा ४० लाख नेपाली नागरिकले सेवा लिइरहेका छन्। आइएमई पे का देशभर करिब ४५ हजार एजेन्ट रहेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको