काठमाण्डाैँ,
प्यूठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर–४ गोठीबाङमा भएको मोटरसाइकल दुर्घटनामा एक विधार्थीकाे मृत्यु भएकाे छ।
विद्यानन्द मावि जुडापाटा परीक्षा केन्द्रमा एसईई दिएर फर्कंदै गरेका स्वर्गद्वारी नगरपालिका–७, तापाका १५ वर्षीय प्रतीक घर्तीको मृत्यू भएको हो । घर्ती बेल्वास मावी बेल्वासमा अध्ययन गर्दै आएका थिए।
लोक चेतना एकेडेमीको लु १ क १०९४ नम्बरको स्कुलबसलाई ओभरटेक गर्ने क्रममा घर्तीले चलाएको लु ६६ प ५३४९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटनामा परेको हो ।घाइते भएका घर्तीलाइ उपचारका लागी अस्पताल लैजाँदा गर्दा बाटाेमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख सुवास खड्काले जानकाररूी दिएका छन्।