तिनवटै क्षेत्रमा जित्ने दाबी गरे: रवि लामिछाने

काठमाण्डाैँ,

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका उमेदवार रवि लामिछानेले तीनवटै क्षेत्रमा जित्ने दाबी गरेका छन् ।

शुक्रबार चुनावी अभियानमा क्रममा उनले उपनिर्वाचनमा तीन क्षेत्रमा जित्दै एकको बदला तीनजना संसदमा प्रवेश गर्ने दाबी गरे ।यस्तै उनले आफूलाई विरुवाको संज्ञा दिँदै जरैबाट उखेल्न लागि परेको बताए। मंसिर ४ को निर्वाचनमा आफू जिते पनि बीचबाटोमा तगारो हालेर आफू लडेको बताए । उनले आफूलाई बीचबाटोमा नछाड्न पनि नागरिकसँग आग्रह गरे ।

“चितवनवासीले मलजल गरेर हुर्काएको विरुवालाई जरैबाट उखेल्न खोजेका छन् । चितवनवासीले उखेल्न दिँदैनन्,” लामिछानेले भने, “विरुवालाई पानी चाहिएको छ ।  मलजल चाहिएको छ । यसलाई अध्यारोमा पछाडि बसेर उखेल्न पाइन्छ कि भनेका छन् । काँडेतार हालेर राख्न आवश्यक छ । चितवनले यसलाई काँडेतार हालेर राखोस् ।” यसैगरी उनले आफ्नो मुद्दाको परवाह नगरी जनताको मुद्दा लड्ने बताए ।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like