टाेप्लीकाे स्थानमा आरसिबीले पार्नेललाई भित्र्यायाे

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

आइपिएल टोली रोयल च्यालेन्जर्स बैंग्लोर आरसिबीले इंग्ल्याण्डका रिस टोप्लीको स्थानमा दक्षिण अफ्रिकाका अलराउन्डर वेन पार्नेललाई भित्र्याएको छ ।

जारी सिजनको पहिलो खेलमै टोप्लीको दायाँ हातको काँधमा चोट लागेकाे हुनाले उनको स्थानमा आरसिबीले पार्नेललाई भित्र्याएको हो । उनले यसअघि पनि आइपिएल खेलिसकेका छन् ।

चार सिजनको आइपिएल अनुभव लिइसकेका ३३ वर्षीय पार्नेलले २६ खेलमा ७.३५ को इकोनमीमा २६ विकेट नै लिएका छन् । उनले पछिल्लो समय दक्षिण अफ्रिकाका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।हालसम्म पार्नेलले ५६ टी–२० अन्तर्राष्ट्रियमा ५९ विकेट लिएका छन् । टी–२० मा उनको उत्कृष्ट बलिङ ३० रन दिएर ५ विकेट लिनु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको