मन्त्रीले सांसदले उठाएकाे प्रश्नकाे जवाफ दिनुपर्छ : राजेन्द्र पाण्डे

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले सांसद बैठकमा सांसदहरूले उठाएको प्रश्न सरकारले सुनेकाे छ कि छैन् भन्दै प्रश्न उठाएका छन्।

पाण्डेले भने, ‘हिजो पनि मन्त्रीले उत्तर दिनुभएन । आजपनि मन्त्री आउनुभएको छ छैन ? जनताको समस्या पोख्ने थलो हो सांसद् । तर,सरकार मुकदर्शक बनेर बसेको छ । हरेक दिन मन्त्रीले सांसद्ले उठाएका कुराको उत्तर दिनुपर्छ । ’

उनले सभामुखबाट रुलिङ माग गर्दै प्रत्येक दिन फरकफरक मन्त्री संसद्मा उपस्थित भएर जवाफ दिने व्यवस्था गर्न माग गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको