कैलालीमा बाघकाे आक्रमणबाट एक युवक घाइते

काठमाण्डाैँ,

कैलालीमा बाघकाे आक्रमणबाट एक युवक घाइते भएका छन्। टिकापुर नगरपालिका वडा नम्बर ८ श्रीलंकाका २७ वर्षीय पवन आउजीलाइ बाघले आक्रमण गरेकाे हाे।

यस्तै शुक्रबार बिहान गहुँ बारीमा पवनलाई आक्रमण गरेकाे स्थानीयले बताए। स्थानीयले हाे हल्ला गरेपछि बाघ भागेकाे थियाे। नेपाल भारत सीमा क्षेत्रमा बाघ देखिएकाे टिकापुर प्रहरीले बताएकाे छ।

बाघकाे आक्रमणका कारण पवनकाे हात र कानमा चाेट लागेकाे छ। यस्तै उनलाई उपचारकाे लागी बर्दीया राजापुर पठाएकाे छ। यस्तै प्रहरीले सबैलाई सतर्क रहन आग्रह गरेकाे छ।

 

 

 

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like