प्रधानमन्त्रीले यो बेलामा चुस्त टिम बनाउनुपर्छ : सांसद गगन थापा

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधामन्त्रीको टिम चुस्त हुनुपर्ने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा रिजल्ट दिने गरी काम गर्न प्रधानमन्त्रीलाई चुस्त टिम बनाउन सुझाव दिए।

“प्रधानमन्त्रीले यो बेलामा चुस्त टिम बनाउनुपर्छ । गठबन्धनको नेता भएर बस्ने समय छोट्याउनुस् । एक महिनामा एक–दुई दिन बसे हुन्छ,” गगनले भने, “आफ्नो दलको अध्यक्ष बन्ने कुरा केही दिन बिर्सिएपनि हुन्छ । प्रधानमन्त्रीले प्रधानमन्त्रीजस्तो भएर दिनरात समय त्यसमा लगाउनुपर्छ ।”

उनले जनप्रतिनिधिसँग जनता निराश भएको बताए । यतिबेला चुनाव भएर नयाँ सरकार आएकोमा उत्साह हुनुपर्ने बेलामा त्यस्तो हुन नसकेको बताए । अब प्रधानमन्त्रीले ६ महिनाकाे समय छ भन्ने साेचेर काम गर्न आग्रह गरे। यस्तै सरकारको न्यूनतम साझा कार्यक्रममा ६ महिनामा नागरिकता ऐन ल्याउने उल्लेख छ ।

थापाले न्यूनतम साझा कार्यक्रममा असोजसम्मको समय लिएर त्यसमा के-के भयो भन्ने संसद्मा जानकारी गराउन आग्रह पनि गरे । न्यूनतम साझा कार्यक्रममा समेटिएका विषयहरू दिनकै एउटा गर्दैजानुपर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको