अवसरवादीहरूबाट जाेगीन आग्रह गरे: नेता काेइराला

काठमाण्डाैँ,

नेपाली कांग्रेसका सांसद डा. शेखर कोईरालाले अवसरवादीहरुबाट जोगिन आग्रह गरेका छन्

शुक्रबार काठमाडौंमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नाम नलिइकन राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ २ को उपनिर्वाचनमा उम्मेदवार बनेका डा. स्वर्णिम वाग्लेप्रति इंगित गर्दै यस्तो कटाक्ष गरेका हुन् । उनले आफू अवसरवादीबाट सावधान भइसकेको र सबै मानिसहरु साधवन हुनुपर्ने बताए ।

उनले भने, ‘सावधान है एउटा कुरा, अवसरवादीहरूबाट जोगिनुहोला । अवसरवादीहरूबाट सावधान हुनुहोस्, म त सावधान भइसकेँ । तपाईँहरू पनि सावधान हुनुस्, मैले भन्ने यति हो ।’

नेता कोइरालाले नेपाल सार्वजनिक सेवा कर्मचारी संघको राष्ट्रिय महाधिवेशन सफल रूपमा सम्पन्न गर्न पनि शुभकामना व्यक्त गरे ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like