आजदेखि सिंहदरबारको फोहोर नउठाउने घोषणा गरे : मेयर बालेन शाह

समाचार शेयर गर्नुहोस्

काठमाडौं,

चैत २५। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक दलका नेताहरूप्रति कडा टिप्पणी गरेका छन् ।

मेयर शाहले आजदेखि सिंहदरबारको फोहोर नउठाउने घोषणा गर्दै  आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘…साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूले सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’

शुक्रबार गैरीगाउँस्थित बागमती किनारको सुकुमबासी बस्तीमा डोजर चलाउन खोज्दा असहयोगको महसुस गरेका मेयर शाहले आजदेखि सिंहदरबारलाई असहयोग गर्ने संकेत गरेका हुन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको