जीतनारायणलाई विद्राेहीकाे साथ

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

चितवनमा उपनिर्वाचनमा नेपाली कांग्रेस एकढिक्का देखिएकाे छ। गत निर्वाचनमा विद्राेह गरेका कांग्रेसका नेताहरू पनि उपनिर्वाचनमा भने सहयाेगी भुमिकामा देखिएकाे छ। यस अघी निर्वाचनमा विद्राेह गरेपनि अगामी बैशाख १० गते हुन गइरहेकाे उपनिर्वाचनमा भने विद्राेह गर्ने कांग्रेसका नेताहरू सहयाेगी भुमिकामा देखिएकाे छ।

गत निर्वाचनमा चितवन-३ बाट गठबन्धनविरुद्ध उम्मेदवारी दिएका दिनेश कोइरालालगायत विद्रोह गरेका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा, पूर्व सांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मीना खरेल यसपट कांग्रेस उम्मेदवारको पक्षमा उभिएका छन् ।

चितवन २ मा प्रतिनिधि सभा सदस्यका लागी हुन गइरहेकाे उपनिर्वाचनमा कांग्रेसबाट जितनारायण श्रेष्ठ उम्मेदवार छन्। विद्राेह नेताहरूले श्रेष्ठलाई  जिताउन लागी अपील गर्दै संयुक्त विज्ञप्ति सार्वजनिक गरेका छन्।

कांग्रेस कमजाेर हुदाँ देश समस्यामा पर्छ भन्ने प्रमाणीत भएकाे दाबी गर्दै उनीहरूले आफु कांग्रेसका  उम्मेदवारकाे पक्षमा उभिएका  बताएका छन्।

उनिहरूले विद्राेहका क्रममा सहयाेग गर्नेहरूप्रति आभार व्यक्त गर्दै पुनM कांग्रेस उम्मेदवारलाई  जिताउन एक ढिक्का हुने अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको