समाजलाई आर्थिक र सामाजिक विकास गरेर लैजानुपर्ने आवश्यकता रहेको छ: सभामुख घिमिरे

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

चैत २५। सभामुख देवराज घिमिरेले समाजलाई आर्थिक र सामाजिक विकास गरेर लैजानुपर्ने आवश्यकता रहेको बताएका छन्।

शनिबार काठमाडौंमा लायन्स क्लबको उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजलाइ आर्थिक र सामाजिक रूपमा विकास गर्नुपर्ने दायित्व पुरा गर्न आवश्यकता रहेकाे बताएका हुन्। यस्तै उनले देशले राजनितिमा ठुलाे परिवर्तन गरेर यहाँसम्म आइपुगेकाे उल्लेख गरे।

सभामुख घिमिरले अहिले समाजले प्रणाली र प्रणालीलाई नेतृत्व गरिरहेका नेताहरू कुर्सीको लागि होडबाजी गरिरहेको प्रश्न उठाइरहेका बेला लायन्स क्लबले गरेका कामहरूबाट सिक्दै अघि बढ्न सक्नुपर्ने बताए। उनले आफ्नो व्यक्तिगत चाहनालाई त्यागरेर देशको आवश्यकतालाई मध्यनजर गरी अघि बढ्न जरुरी रहेको समेत बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको