फुटपाथमा निर्माण भएका प्रहरी संरचना हटाउन आग्रह गरे : मेयर शाह

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

२५ चैत । काठमाण्डाैँ महानगरका मेयर बालेन शाहले फुटपाथ सधैँ मान्छे हिड्नका लागी प्रयाेग हुनुपर्ने भन्दै फुटपाथमा निर्माण भएका प्रहरी संरचना हटाउन आग्रह गरेकाे हाे।

प्रधानमन्त्री क्वाटर अगाडि बालुवाटार, जडीबुटी चोक, सिनामंगल चोक, असन चोक, रातो पुल प्रहरी बिट, बौद्ध प्रहरी वृत्त अगाडिको बिट लगायत दर्जनौँ क्षेत्रमा प्रहरीका अस्थायी संरचना रहेका छन् ।

सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै शाहले फुटपाथमा व्यापार गर्न रोकेको स्मरण गराउँदै नियम सर्वसाधारणका लागि मात्रै नभएर सबैका लागि हुनुपर्ने बताए ।यस्तै उनले महानगरपालिका भित्र फुटपाथ मिचेर बनाइएकाे भन्दै प्रहरी बिटहरूकाे तस्विर पनि सार्वजनिक गरेका छन्।

उनले भनेका छन्, ‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला । नत्र समतामूलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ ।’

उनले विभिन्न दूतावास लगायत विदेशी नियोगका हकमा पनि सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाउन आग्रह गरिएको बताए । कानून सर्वसाधारण र अरूका लागि एउटै हुन्छ भन्ने तथ्य स्थापित गराउन सबै तयार हुनुपर्ने शाहको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको