काठमाण्डाैँ,
जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मानित भएका छन् । नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाको जिल्ला सम्मेलनको क्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
विधमान जातिय विभेदलाई ताेडेर अन्तरजातिय विवाह गरेका कारण उनिहरूकाे हाैसला बढाउन र सम्मान जनाउन कार्यक्रम गरिएकाे माेर्चाका नवनिर्वाचित अध्यक्ष चन्द्रबहादुर नेपालीले जनाएकाे छ। यस्तै याे सम्मानले आफ्नो परिवारलाई थप हाैसला प्रदान गरेकाे सम्मानित जाेडीले बताउनुभयाे।
सम्मान कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नरेश भण्डारीले समानता समानुपातिकको मुल एजेण्डा माओवादी सुत्राधार भएका कारण माओवादीले यस्ता काममा जोड दिएको बताए।