ह्याम्स अस्पतालबाट फर्कने क्रममा डाइनास्टीकाे हेलिकाेप्टरकाे पुच्छरमा क्षेति, पाइलट सकुशल

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा बिरामी पुर्‍याएर फर्कने क्रममा एयर डाइनास्टीको हेलिकोप्टरमा क्षति पुगेको छ।

अस्पतालमा बिरामी पुर्‍याएर फर्कने क्रममा एयर डाइनास्टीको ९ एनएजेडी हेलिकोप्टरमा शनिबार दिउँसो २ बजे सामान्य क्षति पुगेको हो। दुर्घटनामा उक्त हेलिकोप्टरको पुच्छरमा क्षति पुगेको एयर डाइनास्टीका एक कर्मचारीले जानकारी दिए ।

हेलिकप्टरमा रहेका पाइलट सकुशल रहेकाे र याे घटनाबाट कसैलाई पनि कुनै क्षति नभएकाे प्रहरीले जनाएकाे छ। हेलिकप्टर अहिले अस्पतालकाे हेलिप्याडमा नै रहेकाे र थप अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको