काठमाण्डाैँ,
अछामकाे साँफेबगरमा सडक बन्द गरिएकाे छ। बसकाे ठक्करबाट घाइते भएकाे साँफेबगर नगरपालिका–३ शिद्देश्वरका २६ वर्षीय हेमराज कुँवरको उपचारकाे क्रममा मृत्यु भएपछि सडक बन्द गरिएकाे छ। उनकाे उपचारका क्रममा काठमाण्डाैँमा शुक्रबार निधन भएकाे हाे।
ठक्कर दिने बस चालकलाई कडा कारबाही गर्नुपर्ने, मृतकका श्रीमती र दुई छोरीको लालनपालनको जिम्मा लिनुपर्ने माग राखेर सडक बन्द गरिएको मृतकका काका शैलेन्द्र कुँवरले जानकारी दिनुभयो ।
सडक बन्द भएपछि धनगढी, महेन्द्रनगर, टीकापुर लगायत तराई जाने र बाजुरासम्म आवतजावत गर्ने सवारी साधन ठप्प भएका छन् । मृतकका आफन्तले साँफेबगरबीच सडक र चोकहरुमा टायर बालेर विरोध गरेका छन् ।
यस्तै नेपालगञ्जका डाक्टर र बस मालिकको मिलेमतोमा हेमराजको ज्यान गएको आफन्तको आरोप छ । गएको आइतबार सोही नगरपालिकाको रिडिकोट वडा कार्यालय नजिक सुप्रप ०१–००१ ख ३१५४ नम्बरको बसले हेमराजलाई ठक्कर दिएको थियो । ठक्करपछि नेपालगञ्ज शल्यक्रिया भएका हेमराजको होस नखुलेपछि काठमाडौं लिइएको थियो ।