काठमाण्डाैँ,
कोरोना सङ्क्रमणका कारण विगतका वर्षमा रोकिँदै आएको मेयर कप फुटबल प्रतियोगिता यो वर्षदेखि सुरु भएको छ।
तुलसीपुर उपमहानगरपालिकामा सुरुको वर्षमा बीच भलिबल मेयर कप आयोजना गरिएको थियो। लगातार दुई वर्षसम्म मेयर कप फुटबल प्रतियोगिता आयोजना भएता पनि कोरोना सङ्क्रमणका कारण प्रतियोगिता रोकिँदै आएको थियो।
शनिबारदेखि तुलसीपुर उपमहानगरपालिका आयोजनामा अरनिकाे मैदान तुलसीपुरमा मेयर कप फुटबल प्रतियाेगिता सुरू भएकाे छ।प्रतियाेगितामा पालिकाका १९ वटै वडाका समुहकाे सहभागिता रहेकाे शिक्षा तथा खेलकुद शाखाका प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिनुभयाे।
प्रतियोगितामा चैत ३० गतेसम्म सञ्चालन हुने बताइएको छ। पालिकाको स्थापना दिवसका अवसरमा विजयी हुने खेलाडीलाई पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम रहेको छ।
नगर प्रमुख टीकाराम खड्काले शनिबार एक कार्यक्रमकाबीच प्रतियोगिताको उद्घाटन गर्नुभएको हो। उहाँले प्रतियोगिता उद्घाटन गर्दै आगामी वर्षमा मेयर कपमा फुटबल मात्रै नभई अन्य खेललाई समेत समावेश गरिने बताउनुभयो। उहाँले खेल क्षेत्रको विकासका लागि पालिकाबाट एक वडा एक खेल मैदानको योजना अघि बढाएको र खेलाडीका लागि सम्मान प्रोत्साहनको कार्यक्रम गर्दै आएको बताउनुभयो