चितवनमा १८० किलाे लागुऔषध गाँजासहित एक भारतिय नागरिक पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

चितवन राप्ती नगरपालिका–१, लाेथरबाट १८० किलाे लागुऔषध गाँजासहित एक भारतिय नागरिक पक्राउ परेका छन्।

बिआर ०६ जी २१२८ नम्बरकाे ट्रकलाइ जाँच गर्ने क्रममा ट्रकभित्र लुकाइछिपाई ल्याएकाे गाँजा फेला पारी ट्रक चालक भारत पूर्वि चम्वारण बिहार रक्साेल ८ बस्ने ३० वर्षीय कुन्दन पटेललाई   जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेकाे हाे।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक सुवास भटट्को कमाण्डमा खटिएको टोली विशेष सूचनाका आधारमा लागूऔषध गाँजासहित पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए । बरामद भएको गाँजा सबैको रोहवरमा नष्ट गरिने उनले बताए ।

चालक पटेलले ट्रकको क्याबिनको भागमा फल्स बटम बनाई १६ वटा पोका बनाएर लुकाईछिपाई गाँजा ल्याउन खोजेको कार्कीले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको