काठमाण्डाैँ,
सप्तरीमा कारले माेटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे मृत्यु भएकाे छ। पूर्व पश्चिम राजमार्गस्थित कल्याणपुर बजारमा काे १५ प १९१ नम्बरकाे माेटरसाइकल दुर्घटना हुदाँ माेटरसाइकलमा सवार २ जना बुबा र छाेरी गम्भिर घाइते भएका थिए।
जिल्लाको खडक नगरपालिका–७ कल्याणपुर बजारमा गए राति मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार छोरीको मृत्यु भएको हो भने चालक बुवा घाइते भएका छन् ।
छोरीको उपचारको क्रममा मृत्यु भएको हो । उदयपुरको त्रियुगा नगरपालिकाका–९ बगाहा टोलकी १० वर्षीया एन्जिला बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।मोटरसाइकल चालक मृतकका बुवा ३६वर्षीया धु्रव बस्नेतको उपचार भइरहेको छ ।
उनीहरु सवार मोटरसाइकललाई पुर्वतर्फ जाँदै गरेको बा३च ५२९३ नम्बरको कारले ठक्कर दिएको थियो । कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ ।