काठमाण्डाैँ,
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठले मेडिकल व्यवसायीसँग २ करोड रुपैयाँ मागेको अडियो’bout अनुसन्धान हुने बताएका छन्। अनुसन्धानबाट जे पुष्टि हुन्छ त्यहीअनुसार सरकार अघि बढ्ने मन्त्री श्रेष्ठको भनाइ छ।
साेमबार चितवनमा पत्रकारहरुसँगको कुराकानीमा मन्त्री श्रेष्ठले २ करोडको कुरा आएको उल्लेख गर्दै आधिकारिक रुपमा अनुसन्धानको प्रक्रियाबाट त्यस’bout निष्कर्षमा पुगिने बताए।
गृहमन्त्री श्रेष्ठले भने, ‘२ करोडको कुरा आएको छ। त्यसलाई आधिकारिक रूपमा अनुसन्धानको प्रक्रियाबाट हामी कोही निष्कर्षमा पुगिसकेका छैनौँ। अनुसन्धानको प्रक्रिया अघि बढेपछि अनुसन्धानबाट जे पुष्टि हुन्छ त्यहीअनुसार हामी अघि बढ्ने कुरा हुन्छ।’
अडियो कपुरबोट डट्कमले सार्वजनिक गरेको हो।
रास्वापाले सांसद ढाकालाई निलम्बन गरिसकेको छ। यसैगरी, पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न डा. श्रेष्ठलाई निर्देशनसमेत दिएको छ।