कैलालिमा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु, तिन जना घाइते

काठमाण्डाैँ,

कैलालीमा जिप दुर्घटना हुदाँ एक जनाकाे मृत्यु  र तिन जना घाइते भएका छन्।

चुरे गाउँपालिकाको-६  भिमदत्त राजमार्ग अन्तर्गत फल्टुँडेमा जिप दुर्घटना भएको हो। चुरे गाउँपालिका-६ का वर्ष १८ का भानु ठकुन्नाकाे मृत्यु भएकाे हाे।

दुर्घटनामा वर्ष १७ का हरिश धामी,वर्ष १८ की सरस्वती र वर्ष १६ का प्रकाश धामी परि घाइते भएका छन् । घाइतेहरूको पदमा अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यलय फलटुडेका अनुसार घाइतेहरू पनि एसईई दिइएर घर फर्किरहेका मेलकट्टेश्वर माविकै विद्यार्थी हुन् ।

मेलकट्टेश्वर मावि चुरे-६ कैलालीमा अध्ययनरत ठगुन्नाको अत्तरियास्थित दुर्गालक्ष्मी मावि केन्द्रमा एसईई परीक्षामा सम्मिलित भई घर फर्कने क्रममा जिप दुर्घटनामा परेर निधन भएको प्रहरीले जनाएको छ ।

जिपको स्टेरिङ्ग कन्ट्रोल गर्न नसक्दा नालिमा ठोक्किएर गाडि दुर्घटना भएको खुलेको छ । गाडि चालक नरसिँ धामीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like