भारतमा २४ घण्टामा काेराेनाबाट १२ जनाकाे मृत्यु, ५८८० जना नयाँ संक्रमित

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

भारतमा पछिल्लाे २४ घण्टामा काेराेनाबाट १२ जनाकाे मृत्यु भएकाे हाे। साेही अवधिमा ५८८० जना नयाँ संक्रमित थपिएका छन्।

भारतमा दैनिक संक्रमण दर ६.९१ प्रतिशत पुगेको छ। प्रत्येक १०० परीक्षणमध्ये करिब ७ जनामा रिर्पाेट पोजिटिभ आएको छ।

पछिल्लो  २४ घन्टामा दिल्लीमा ३३०५ नमूना परीक्षणमा ६९९ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

महाराष्ट्रमा ७८८,बिहारमा ४२,हिमाचलमा १३७ र राजस्थानमा १६५ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतीय मिडियामा समाचार प्रकाशित छ। भारतमा ३८ प्रतिशत केस नयाँ भेरियन्ट एक्सबीबी वान सिक्टिनको पाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको