काठमाण्डाैँ,
नेपाली बजारमा साेमबार सुनकाे मुल्य ७०० रूपैँयाले घटेकाे छ। साेमबार छापावाल सुन प्रतिताेला १ लाख ९ हजार ३०० रूपैँया कायम भएकाे नेपाल सुनचाँदी व्यवासायी महासंघले जानकारी दिएका छन्।तेजावी सुनकाे मुल्य ताेलाका १लाख ८ हजार ८०० रूपैँयामा काराेबार भएकाे महासंघले जनाएकाे छ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख दश हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबारको तुलनामा सोमबार चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो।